सुन्दरहरैँचा : मोरङको सुन्दरहरैंचा नगरपालिका ८ मा रोकिराखेको कन्टेनरभित्र एकजना पुरुषको शव फेला परेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पूर्वपश्चिम लोकमार्गअन्तर्गत सुन्दरहरैंचा नगरपालिका ८ सलकपुरमा कन्टेनरभित्र आन्दाजी ४५।५० वर्षीय पुरुषको शव फेला परेको हो ।
चार दिनदेखि सडक किनारमा रोकेर राखेको ना ३ ख ४७४३ नम्बरको कन्टेनरको अगाडिको सिटमा शव भेटिएको प्रहरीले जनाएको छ ।
चालकसँगैको अर्को सिटमा शव रहेको र कन्टेनरको ढोका भित्रबाट लक गरेको अवस्थामा फेला परेसँगै प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
शव पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ ।













Discussion about this post