मोरङ : प्रदेश १ का स्वास्थ्यमन्त्रीलाई कालो झण्डा देखाउने पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङको उर्लाबारी नगरपालिका ३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा नवनिर्मित ओपीडी भवन उद्घाटनका लागि पुगेका प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवलाई कालो झण्डा प्रदर्शन गर्ने पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा मंगलबारे युवा क्लबका अध्यक्ष पिपलराज गिरी, सचिव रेशु कटवाल, शेखर खड्का, प्रतिक पाण्डे र प्रदीप दाहाल रहेका छन् ।
अस्पतालले आयव्यय सार्वजनिक नगरेकाले उक्त भवन उद्घाटनमा पुगेका मन्त्री यादवलाई कालो झण्डा देखाएको युवा क्लबका युवाहरूले बताएका छन् ।












Discussion about this post