मोरङ : मोरङको सुनवर्षी नगरपालिका–९ मा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ। बुधबार राति तिर सर्पले टोक्दा सुनवर्षी–९ डाइनियाका २९ वर्षीय सञ्जय सिंहको मृत्यु भएको हो।
रातको समयमा बाहिरबाट घर फर्कने क्रममा सिंहको खुट्टामा सर्पले टोकेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनलाई कुन प्रजातिको सर्पले टोकेको हो भन्ने कुरा थाहा भइसकेको छैन।
प्रहरीका अनुसार घरनिजकै आइपुगेपछि आफूलाई सर्पले टोकेको भनेर उनले परिवारमा जानकारी गराएका थिए। त्यसलगत्तै आमाले उपचारका लागि रंगेली अस्पताल ल्याउने क्रममा बाटैमा सिंहको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् ।
उनका अनुसार शव रंगेली अस्पतालमै राखेर घटनाको अनुसन्धान सुरु गरिएको छ प्रहरीले जनाएको छ ।











Discussion about this post