इटहरी : सुनसरीमा एम्बुलेन्सको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ झ ४६९ नम्बरको एम्बुलेन्सले बर्जु गाउँपालिका १ मा १९ प १९६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक बर्जु ६ का ३० वर्षीय उमेशकुमार चौधरी रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको कोसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बर्जु १ का २३ वर्षीय प्रमोद सरदार गम्भीर घाइते भएका छन् । सरदारको विराटनगरकै विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
एम्बुलेन्स र चालक सुनसरीको इनरुवा नगरपालिका १ का ४५ वर्षीय अर्जुन कुर्मीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।














Discussion about this post