इटहरी : इटहरीमा रहेको प्रिमियर ग्लोबल स्कुलले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई अभिमूखीकरण कार्यक्रमको आयोजना गरेको छ ।
झापाको बिर्तामोडस्थित ‘किङ्सबरी’ होटलमा विद्यार्थीहरूलाई अभिमूखीकरण कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख आकर्षण नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरूको भविष्य राष्ट्रसँग जोडिएको बताए ।
‘मान्छे आधुनिक हुँदै गएको छ, प्रविधिको विकाससँगै नयाँ कुराको पनि चेतनाको विकास भइरहेको छ,’ ओलीले भने, ‘शिक्षामा दुईवटा कुरा छ, एउटा आफ्नो जीवनका लागि र अर्को समाज र देशका लागि ।’
देशमा शिक्षाको विकास भए समृद्वि सम्भव हुने उनको तर्क थियो ।
प्रिमियर स्कुलका कार्यकारी प्रमुख सुनील भुषालले विद्यार्थीलाई कलेजमा अतिरिक्त कुरामा पनि अब्बल बनाउनका निम्ति उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
‘आफ्नो अध्ययनलाई सुरु गर्नुअघि त्यस विषयको पूर्ण ज्ञान अनिवार्य हुनुपर्दछ,’ उनले भने, ‘यस्तै ज्ञान प्रदान गर्नका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।’
अभिमूखीकरण कार्यक्रममा रुपेश श्रेष्ठ, नितेश पोख्रेल, कृष्णहरि पाण्डे लगायतले हस्पिटालिटी बिजनेश व्यवस्थापन र कम्प्युटरको स्कोपबारे विद्यार्थीहरूलाई प्रशिक्षण दिएका थिए ।















Discussion about this post