रामधुनी : सुनसरीको रामधुनी नगरपालिका १ स्थित प्रदेश १–०४–००१ त ००८४ नम्बरको ट्याक्टरले साइकलयात्रीको मृत्यु भएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मृत्यु हुनेमा स्थानीय ३४ वर्षीया मञ्जु चौधरी रहेकी छन् ।
दुर्घटनामा गम्भीर घाइते भएकी चौधरीको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
ठक्कर दिने ट्याक्टर र चालक रामधुनी ४ का विजय उराउलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post