विराटनगर : विराटनगर महानगरपालिका १ का ५५ वर्षीय लालबिहारी कामतको करेन्ट लागेर मृत्यु भएको छ ।
विराटनगर ११ मा रहेको कपडा फ्याक्ट्रीमा मेसिन चलाउने क्रममा अचानक करेन्ट लागेर उनको मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको कोसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post