विराटनगर : विराटनगरमा साइकलबाट लडेर एकजना पुरुषको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार विराटनगर महानगरपालिका १८ पेट्रोल पम्पनजिकको भित्री सडकखण्डमा दुर्घटना भएको हो ।
निर्माणाधीन कल्भर्टमा लडेर मोरङको जहदा गाउँपालिका १ का ४६ वर्षीय दीपचन शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।
साइकलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गर्दा बुधबार राति ८ बजेतिर लडेर शर्मा गम्भीर घाइते भएका थिए ।
उपचारका लागि कोसी अस्पतालतर्फ ल्याउने क्रममा बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post