इटहरी : सुनसरीको कोशी गाउँपालिका १ मा पिकअपको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार शनिबार कोशी १ राजापोखरीस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको को २ च २६४९ नम्बरको पिकअपले बिपरीत दिशाबाट आउँदै गरेको बा ६० प ४४९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको फत्तेपुर ५ बस्ने अन्दाजी ३५ वर्षीय प्रकाश गोजेवार र मोटरसाइकलमा सवार सप्तरीको सप्तकोसी गाउँपालिका ६ बस्ने अन्दाजी ३७ वर्षीय दुर्गानन्द चौधरी रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै सवारी साधन र पिकअप चालक सुनसरीको कोशी गाउँपालिका ३ बस्ने २१ को दीपक गोसाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पिकअप तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















Discussion about this post