दुहबी : सुनसरीको दुहबी नगरपालिका ७ भलुवा चोकमा सिटी सफारीले ठक्कर दिँदा स्थानीय ५ वर्षीया बालिकाको मृत्यु भएको छ ।
दक्षिणबाट उतरतर्फ जाँदै गरेको प्र ०१–०२–००२ ह ८४९८ नम्बरको सिटी सफारीले बाटो क्रस गर्दै गरेकी स्थानीय महेन्द्र पासवानको ५ वर्षीया छोरी आषिका कुमारी ऋषिदेवलाई ठक्कर दिँदा बालिकाको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा विराट नर्सिंङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।












Discussion about this post