इटहरी : नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. ३ मा विजयकुमार गच्छदारको नाम सिफारिस गरेको छ ।
जिल्ला कार्यसमितिको आइतबार बसेको बैठकले पूर्व उपसभापति समेत रहेका गच्छदारको नाम सिफारिस गरेको हो ।
२०४८ सालदेखि निरन्तर निर्वाचित हुँदै आएका गच्छदार यसअघि एमालेकी भगवती चौधरीलाई दुईपटकसम्म पराजित गरेका थिए ।
यसपटक पनि एमालेले उनै चौधरीलाई अगाडि सारेसँगै तेस्रोपटक चौधरी र गच्छदारको चुनावी भीडन्त हुने निश्चित भएको छ ।
ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप लागेका उनको नाम सिफारिस भएपछि एमाले कार्यकर्ताहरूले सामाजिक सञ्जालमार्फत विरोध समेत जनाउँदै आएका छन् ।













Discussion about this post