इटहरी : सुनसरीमा गुठी मन्दिरको दानपेटिका फुटाएर एक लाख २५ हजार चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, डीएसपी राजकुमार राईका अनुसार दानपेटिका फुटाएर एक लाख २५ हजार रुपैयाँ चोरी गर्ने इनरुवा ४ का २३ वर्षीय रोशनकुमार यादवलाई पक्राउ गरिएको हो ।
उनका अनुसार यादवले गत बुधबार राति इनरुवा नगरपालिका ४ स्थित रामजानकी गुठी मन्दिरको दुईवटा दानपेटिका फुटाएर उक्त रकम चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाका बारेमा जानकारी प्राप्त भएपछि चोरीमा संलग्नको पहिचान एवम् पक्राउका लागि विशेष टोली परिचालन गरिएको थियो ।
प्रहरीले यादवलाई इनरुवा ३ बाट बिहीबार नगदसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनी लागूऔषध दुव्र्यसनीमा समेत संलग्न रहेको र यसअघि पनि चोरीका घटनामा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका उनीमाथि चोरी मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरेर घटनाको अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post