देशैभरी कोरोना भाइरसका संक्रमितको संख्या दिनानुदिन बृद्धि हुने क्रममा छ ।
यसैबीच सुनसरी झुम्काकी २५ बर्षीया युवतीलाई भक्तपुरमा कोरोना संक्रमण देखिएपछि सुनसरीलाई उच्च जोखिममा राखिएको छ ।
चारदिनअगाडि मात्रै झुम्काबाट बाइकमा भक्तपुर गएकी ती युवतीमा कोरोना देखिएपछि सुनसरीलाई उच्च जोखिममा राखिएको हो ।
सुनसरी प्रशासनले कसैलाई पनि घरबाहिर ननिस्कन र सतर्कता अपानाउँन आग्रह गरेको छ । साथै लकडाउनमा कडाई गरिने प्रशासनले जनाएको छ ।
Discussion about this post