विराटनगर : विराटनगर महानगरपालिका १२ स्थितबाट प्रहरीले राजश्व छली गरी लत्ताकपडा ल्याउँदै गरेको अवस्थामा ट्याक्टरसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा विराटनगरको रोडशेष चोकबाट बीआर ३८ बी २३७८ नम्बरको ट्याक्टरमा राजश्व चुहावट गरी लत्ताकपडा ल्याउदै गरेको अवस्थामा ट्याक्टरसहित करीब ४० लाख मूल्य बराबरको सामान बरामद गरेको हो ।
बरामद गरिएका लत्ताकपडा, ट्याक्टर र चालक जहदा गाउँपालिका १ का रमेश यादव समेतलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी ल्याइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।













Discussion about this post