इटहरी : पूर्व–पश्चिम लोकमार्गअन्तर्गत झापाको शिवसताक्षीमा आज (मङ्गलबार) गुडिरहेको कार रुखमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार शिवसताक्षी १० सैनिक चोकमा पूर्वबाट पश्चिमतर्फ गुडिरहेको बा १४ च ९१०८ नम्बरको कार आफैँ अनियन्त्रित भइ उत्तरतर्फको बरको रुखमा ठोक्किएको थियो ।
दुर्घटनामा कार चालक सप्तरी लेगडा ५ का ४४ वर्षे बलराम यादव र कारमा सवार इटहरी उपमहानगरपालिका १० की ३० वर्षीया गीता चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोरङको सुन्दरहरैँचा नगरपालिका ६ की ४० वर्षीया रीता चौधरी, इटहरी ८ का २७ वर्षे तेजन चौधरी, धरान १५ का ३६ वर्षे विविसन दास र सोही ठाउँका राजेश चौधरी घाइते भएका छन् ।
उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।














Discussion about this post