इटहरी : आगामी २८ गतेदेखि कार्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश १ ले महिला बास्केटबलको छनौट खेल बिहीबार धरानमा आयोजना गरेको छ ।
प्रतियोगिताको बिहीबार प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले उद्घाटन गरेका छन् ।
नेपाल बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा तथा बास्केटबल संघका प्रदेश अध्यक्षसहित सुनसरी जिल्ला कमिटीका पदाधिकारी समेतको सहभागितामा बास्केटबल छनौट प्रतियोगिता सुरु गरिएको हो ।
छनौट प्रतियोगिता अन्तर्गत महिलातर्फको छनौट खेल बिहीबार र शुक्रबारदेखि पुरुषतर्फको छनौट खेल हुनेछ ।
असोज ८ गते शनिबारसम्म सबै छनौट खेल सम्पन्न गरिसक्ने प्रदेश खेलकुद विकास बोर्डको तालिकासँगै बास्केटबलको पनि शनिबार नै सम्पन्न गरिने छनौट प्रतियोगिताको बास्केटबलतर्फकी संयोजक तथा प्रदेश खेलकुद विकास बोर्डकी सदस्य रोशनी राईले बताएकी छन् ।
महिला बास्केटवलतर्फ झापा, मोरङ्ग र सुनसरी गरी तीन जिल्लाका खेलाडीहरू छनौट प्रतियोगितामा सहभागी भएकोमा सुनसरीले स्वर्ण पदक जितेको छ भने झापाले रजत र मोरङ्गको कास्य पदक जित्न सफल भएको छ ।
प्रदेशको समूहमा छनौट भएका खेलाडीको नामावली छनौट समितिले आजै प्रदेश खेलकुद विकास बोर्डमा पठाउने बताएको छ ।














Discussion about this post