इटहरी : नेपाल रसिया चेम्बर अफ कमर्सको अध्यक्षमा अशोक शेरचन निर्विरोध निर्वाचित भएका छन् । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका उनी निर्विरोध निर्वाचित भएका हुन् ।
काठमाडौंमा सम्पन्न नेपाल रसिया चेम्बर अफ कमर्सको २५ औँ साधारणसभाले प्रमुख बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
कमर्सको वरिष्ठ उपाध्यक्षमा दिवस अमात्य, उपाध्यक्षद्वयमा कुमार कार्की र निमानुरु शेर्पा निर्वाचित भएका छन् । यस्तै, महासचिवमा विष्णुहरि पाण्डे निर्वाचित भएका छन् भने कमर्सको कोषाध्यक्षमा यमुना श्रेष्ठ तथा सचिवद्वयमा अनुराग गोयल र अविनाश सिलवाल चयन भएका छन् ।
यसैगरी कमर्सको सदस्यमा अनुज भट्टराई, दीपकराज भुसाल, डा. विजय थापा, डा. मणिराम पोख्रेल, डा. उन्नत श्रेष्ठ, अमृत खड्का, अनिल मानन्धर, रुपक राजवंशी, सञ्चित बज्राचार्य, गोरे शेर्पा, लोकेश्वरमान जोशी, मनोज रसाइली, प्रवीण गौचन, प्रनिलमान सिंह प्रधान, रवि थापा र सरोज पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।



![हामी नवौँ वर्षमा [प्रकाशकीय]](http://takuranews.com/wp-content/uploads/2026/09/Takura-9th-Anniversary-360x180.png)









![हामी नवौँ वर्षमा [प्रकाशकीय]](http://takuranews.com/wp-content/uploads/2026/09/Takura-9th-Anniversary-120x86.png)

Discussion about this post