इटहरी : मध्यरातको समयमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार गएराति ११ः२५ बजेतिर झापाको मेचीनगर नगरपालिका १२ पीपल डाँगीस्थित मेची लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ जँदै गरेको प्र १–०१–०१४ प ३३५० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१४ प २६७८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा झापाको कन्काई नगरपालिका ४ बस्ने ३८ वर्षीय कृष्णप्रसाद सिग्देल र झापाको अर्जुनधारा नगरपालिका ४ बस्ने ४५ वर्षीय विष्णु थापा रहेका छन् । ३३५० नम्बरको मोटरसाइकल चालक सिग्देल र २६७८ नम्बरको मोटरसाइकल चालक थापा रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा दुवैजना गम्भीर घाइते भएका थिए । उनीहरूको उपचारको क्रममा बी एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
३३५० नम्बरको मोटरसाइकलमा पछाडि सवार ५३ वर्षीय रामबहादुर अधिकारी घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।














Discussion about this post