इटहरी : इटहरीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ ।
आज (आइतबार) बिहान ९ः५० बजेतिर इटहरी १७ संगम चोकस्थित कान्छी चोक चतरा सडकखण्डमा कान्छी चोकबाट चतरातर्फ जादै गरेको प्रदेश १–०२–०४४ प १६०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटनामा रामधुनी ६ का ६० वर्षीय रामप्रसाद रेग्मीको मृत्यु भएको हो ।
मोटरसाइकल पछाडि सवार रहेका उनी दुर्घटनामा गम्भीर घाइते भएका थिए ।
उनको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा १०ः५० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक रामधुनी ६ बस्ने ३९ वर्षय सुमन रेग्मी घाइते भएका छन् ।
उनको उपचार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।














Discussion about this post