इटहरी : इटहरीमा पिकअपको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार आज (बुधबार) दिउँसो ४ बजेतिर इटहरी उपमहानगरपालिका १७ बक्लौरीस्थित कान्छीचोक–चतरा सडकखण्डमा चतराबाट कान्छीचोकतर्फ आउँदै गरेको को २ च ८४४ नम्बरको पिकअपले साइकलयात्रीलाई ठक्कर दिँदा मृत्यु भएको हो ।
सोही बाटोतर्फ रहेका साइकलयात्री रामधुनी नगरपालिका ३ बस्ने ६३ वर्षीय चन्द्रराज दाहालको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधन र चालक जिल्ला मोरङ सिसवानी बडरा ८ बस्ने ३५ वर्षीय सञ्जीवकुमार थारु इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post