पाँचथर : पाँचथरमा मोटरसाइकल अनियन्त्रित भएर २४ वर्षीय युवकको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अुनसार आज (बुधबार) दिउँसो ३ बजेतिर पाँचथरको फिदिम नगरपालिका ४ सल्लेरीस्थित मध्यपहाडी लोकमार्गमा माझीटारबाट फिदिम बजारतर्फ जाँदै गरेको को ४ प ८९९९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
दुर्घटनामा जिल्लाको कुम्मायक गाउँपालिका ३ कातिके बस्ने २४ वर्षीय भीमबहादुर माझीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार माझीकी श्रीमती १९ वर्षीया सुस्मिता माझी सामान्य घाइते भएकी छन् ।
उनको सोही अस्पतालमा उपचार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post