पाँचथर : पाँचथरमा खोलाले बगाएर एक युवकको मृत्यु भएको छ ।
स्थानीय इन्द्रावती खोलाले बगाएर बेपत्ता भएका पाँचथरको याङवरक गाँउपालिका २ फलैचा निवासी २२ वर्षीय बिमलकुुमार सेलिङ मृत अवस्थामा भेटिएका हुन् ।
उनी असोज १४ गतेदेखि खोलाले बगाएर बेपत्ता थिए ।
बेपत्ता भएलगत्तै खोजी कार्य सुरु गरेका प्रहरी र स्थानीयले खोलाले बगाएको स्थानभन्दा ४ सय मिटर तल शव फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सन्तोष राईले जानकारी दिए ।
उनको पाँचथर अस्पतालमा पोस्टमार्टम गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post