इटहरी : उद्योग वाणिज्य संघ इटहरीको साधारणसभा स्थगित भएको छ ।
महासचिव पीताम्बर पोखरेलका अनुसार यही असोज २९ गते शनिबार उवासंघको साधारणसभा गर्ने भनिएपनि स्थगित भएको हो ।
निर्वाचन आचारसंहिता लागू भइसकेकाले तत्कालका लागि साधारणसभा स्थगित गर्नुपरेको उनले बताए ।
अर्को सूचना प्रकाशित नभएसम्म साधारणसभा स्थगित गरिएको पोखरेलले जानकारी दिए ।
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनपछि मात्रै साधारणसभा हुने बताइएको छ । यद्यपि, अर्को सूचना प्रकाशित नभइसकेकाले मिति तय गरिएको छैन ।














Discussion about this post