झापा : झापाको गौरादह नगरपालिका ८ मा एकजनाले भतिजलाई गोली हानेर आफूले आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घटनामा स्थानीय ३५ वर्षका वीरेन साहको मृत्यु भएको छ । उनले आफैँले कञ्चटटमा गोली हानी आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
वीरेनले उनका भतिज १५ वर्षीय हेमराज साहलाई आफ्नै घर अगाडि चाइनिज पेस्तोलले गोली प्रहार गरेर भागेका थिए ।
लगत्तै १०० मिटर उतर सुकुना खोला किनारमा कञ्चटमा गोली लागि मृत्यु भएको अवस्थामा फेला परेको झापा प्रहरीले जनाएको छ।
मृतक विरेन पूर्व सशस्त्र प्रहरी रहेको खुलेको खुलेको छ । घाइते हेमराजको भने उपचार भइरहेको छ ।
घटनास्थलबाट एक थान कटुवा पेस्तोल, दुई थान म्यागजिन, एक थान गोलीको खोका र १५ राउण्ड गोली फेला परेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














Discussion about this post