मोरङ : मोरङको जहदा गाउँपालिका–२ भाथीगछस्थित बाँस झ्याङमा लुकाएर राखेको अवस्थामा प्रहरीले शुक्रबार बिहान १५ किलो गाँजा बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाल नेतृत्वको टोलीले बिहान लागूऔषध गाँजा बरामद गरेको हो ।
गोप्य सूचनाका आधारमा गाँजा बरामद गर्न प्रहरी पुगेको थियो । गाँजा कसले लुकाएको हो भन्ने यकिन हुन नसकेको प्रहरीको भनाई रहेको छ ।
भारततिर निर्यात गर्नका लागि लुकाएर राखेको हुनसक्ने प्रहरीको अनुमान छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले गाँजा लुकाउने व्यक्तिको खोजी तीव्र पारेर अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन् ।














Discussion about this post