मोरङ : मोरङ कारागारमा कैदी जीवन बिताइरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ ।
केराबारी गाउँपालिका १ का ५० वर्षीय डिकबहादुर विकको मृत्यु भएको हो ।
जबर्जस्ती करणी मुद्दामा कैदमा रहेका उनको नोबेल अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो ।
कारागारका निमित्त जेलर तुलसीराम भगतले डिकबहादुरलाई मुटु तथा पेटसम्बन्धी समस्या देखिएपछि नोबेल अस्पताल पठाइएको जानकारी दिए ।
जिल्ला अदालत मोरङले जबरजस्ती करणी मुद्दामा विकलाई २०७४ चैत ८ गते १० वर्ष कैद सजायको फैसला गरेको थियो ।
मोरङ कारागारमा हाल १ हजार ७४ जना कैदी बन्दी रहेका छन् ।
















Discussion about this post