भोजपुर : भोजपुरका किसान पशु बीमामा आकर्षित हुन थालेका छन् । कुनै कारणले पशुचौपाया मरे भने बिमामार्फत् त्यसको क्षतिपूर्ति पाइने भएपछि किसानहरू बीमामा आकर्षित हुन थालेका हुन् ।
लुम्बिनी जनरल इन्स्योरेन्स भोजपुरका प्रमुख सन्तोष तिवारीका अनुसार पशु बिमाप्रति किसान आकर्षित भएको र किसानलाई राहत मिलेको समेत बताए ।
२०६० माघ १ गतेदेखि लागू हुने गरी बिमा ऐन, २०४९ को दफा ८ (घ२) अनुसार कृषि विकास मन्त्रालय र बिमा समितिको पहलमा बाली तथा पशुपंक्षी बिमा निर्देशन, २०६९ जारी भई बाली, तरकारी खेती, फलफूल खेती, आलु खेती, पशुधन, पंक्षी र माछालगायत बाली तथा पशु बिमा सुरु भएको हो ।
कृषकहरूले अभिकर्ताको सहयोगमा उल्लेखित बाली, पशुपंक्षी तथा माछापालन बिमालेखमा तोकिएको शर्त बमोजिम निर्धारित प्रस्ताव फारम भरी आफ्नो व्यवसायको बिमा गराउन सक्छन् ।
मासु, दूध तथा अण्डाको प्रयोजनका लागि पालिने गाईवस्तुको सुरक्षाको अनुभुति हुने भएकाले पशु बिमाप्रति कृषकहरुको आकर्षण बढेको छ ।
रोग, आगलागी, चट्या¨, भूकम्प, बाढी, पहिरो जस्ता दैवी प्रकोपले कृषि पशुपालन व्यवसायमा लगानी डुब्ने खतराबाट सुरक्षित रहन सकिने भएपछि पछिल्लो समय बिमा गराउने किसानको संख्या दिन प्रतिदिन बढेको लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख तिवारीले बताए ।












Discussion about this post