इटहरी (डेस्क) : मोरङ र झापामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
मोरङको कानेपोखरी गाउँपालिका ६ मा प्रदेश १-०२-००३ त १५७८ नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा ट्याक्टर चालक कानेपोखरी ४ का ५० वर्षीय ज्ञानबहादुर लुङ्गेली मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, झापाको शिवसताक्षी नगरपालिका ९ स्थित पूर्व पश्चिम राजमार्गमा बिर्तामोडतर्फ जाँदै गरेको मे १ ख २३२१ नम्बरको यात्रुबाहक बसले बिपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०१-०१२ प ४९९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक दमक नगरपालिका ६ का २३ वर्षीय रोनि बोसको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने बस र चालक मेचीनगर १४ का विकास राईलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
दुवै घटनाबारे थप अनुसन्धान भइरहेको छ ।














Discussion about this post