इटहरी : इटहरीमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार बिहीबार (हिजो) राति ८ बजेको समयमा इटहरी १७ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको हो ।
पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ९०८७ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको ठेलालाई ठक्कर दिँदा ठेला चालक इटहरी १७ का ४५ वर्षीय तेजनारायण साहको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका साहको विराटनगरस्थित न्यूरो अस्पतालमा राति २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न मोरङको बेलबारी नगरपालिका ८ बस्ने ४५ वर्षीय विक्रम खड्का घाइते भएका छन् । उनको प्रहरीको नियन्त्रणमा उपचार भइरहेको छ ।
चालकको सडकमा ध्यान केन्द्रित नहुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।














Discussion about this post