इटहरी : पाँच दिनमा प्रदेश १ मा ९९ वटा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका एसपी श्यामकुमार महतोका अनुसार तिहारको पाँच दिनको अवधिमा प्रदेश १ मा ९९ वटा दुर्घटना भएको थियो । दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने १७ जना गम्भीर घाइते भएका छन् ।
यस्तै, ६३ जना सामान्य घाइते भएको एसपी महतोले जानकारी दिए ।
कार्तिक ६ देखि ११ गतेसम्म पाँच दिनमा सबैभन्दा बढी भाइटीकाको दिन सवारी दुर्घटना भएको उनले बताए । भाइटीकाको दिन २३ वटा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । काग तिहारको दिन कार्तिक ६ गते १८ वटा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका थिए ।
कार्तिक ७ गते १५ वटा दुर्घटनामा परी एक जनाको मृत्यु भएको थियो । कार्तिक ८ गते १३ वटा दुर्घटनामा परी २ जनाको, कार्तिक ९ गते १३ वटा दुर्घटनामा परी २ जनाको र कार्तिक ११ गते १७ वटा दुर्घटनामा परी ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
धेरैजसो दुर्घटना तीव्र गति र मादक पदार्थ सेवन गरेर सवारी चलाएका कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यो पनि – इटहरीमा दुईवटा मोटरसाइकल एकआपसमा जुध्यो, तीनजनाको मृत्यु














Discussion about this post