इटहरी : १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले पशुपंक्षी सम्बन्धि कसूर मुद्दाका फरार प्रतिवादी तीनजनालाई पक्राउ गरेको छ ।
सुनसरी जिल्ला अदालतको मिति २०७७।११।१८ गतेको फैसला आदेशले जनही १ महिना २५ दिन कैद भइ असुल गर्न बाँकी रहेका प्रतिवादी तीनजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका ३ का ३१ वर्षीय अनिष शाही, ३२ वर्षीय राजेश खड्गी र २८ वर्षीय आशिष खड्गी रहेका छन् ।
उनीहरूलाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूलाई कैद भुक्तानको लागि मंगलबार (आज) सुनसरीस्थित झुम्का कारागार पठाइएको छ ।


















Discussion about this post