विराटनगर : विराटनगरस्थित जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एकजना कैदीको मृत्यु भएको छ ।
तेह्रथुमको आठराई गाउँपालिका ४ घर भएका ५४ वर्षीय मानबहादुर खपांगीको मृत्यु भएको निमित्त जेलर तुलसीराम भगतले जानकारी दिए ।
खपांगीलाई जिल्ला अदालत तेह्रथुमले जबरजस्ती करणी मुद्दामा २०७४ माघ ९ गते १० वर्ष कैद सजायको फैसला सुनाएको थियो । सजाय भुक्तानका क्रममा तेह्रथुम कारागारमा उनले २ वर्ष बिताइसकेका थिए ।
तेह्रथुमबाट २०७६ मंसिर २४ गते स्थानान्तरण गरेर मोरङ ल्याइएको भगतले बताए । उनका अनुसार बिरामी परेपछि उपचारका लागि कात्तिक १२ गते बिहान विराटनगरस्थित कोसी अस्पताल भर्ना गरिएको थियो ।
उपचारका क्रममा मृत्यु भएको जानकारी बताइएको छ ।












Discussion about this post