Wednesday, September 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ३०, २०८३
in समाचार
0
इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु
376
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रको स्कोरपिओ दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

सोमबार राति करिब ११ः४० बजेतिर इटहरी उपमहानगरपालिका–२० स्थित कोशी लोकमार्गमा सेउती पुलबाट करिब दुई सय मिटर दक्षिण तरहरातर्फ जाँदै गरेको बा १ ञ १६५१ नम्बरको स्कोरपिओ आफैं अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

दुर्घटनामा चालक धरान उपमहानगरपालिका–१३ निवासी करिब ३३ वर्षीय बिर्खबहादुर राई र गाडीमा सवार धरान–१६ निवासी ४९ वर्षीय सुमन आचार्य गम्भीर घाइते भएका थिए।

उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले राति १२ः४५ बजेतिर दुवै जनालाई मृत घोषणा गरेका थिए।

दुर्घटनामा धरान–२० निवासी ३२ वर्षीय पदम राई घाइते भएका छन्। उनको निधार र छातीमा चोट लागेको छ। उनी बोल्न सक्ने अवस्थामा रहेका छन् र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी तरहराबाट प्रहरी नायब निरीक्षक भोजकुमार कट्टेलको नेतृत्वमा चार जना तथा इलाका प्रहरी कार्यालय इटहरीबाट प्रहरी निरीक्षक दुर्गा खनालको नेतृत्वमा ६ जना प्रहरीको टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा स्कोरपिओ तीव्र गतिमा रहेका कारण अनियन्त्रित भई दुर्घटना भएको देखिएको छ।

दुर्घटनाग्रस्त गाडी इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रका प्रमुख हरिराम पोखरेलका अनुसार राति ९ः५४ बजेतिर दुहबी–धरान ३३ केभी प्रसारण लाइनमा समस्या देखिएपछि पेट्रोलिङ तथा मर्मतका लागि कर्मचारी टोली परिचालन गरिएको थियो।

प्रसारण लाइनमा समस्या देखिएपछि विद्युत आपूर्ति पुनः सञ्चालन गर्ने उद्देश्यले टोली खटाइएपनि गन्तव्यमा पुग्नुअघि नै दुर्घटना हुँदा दुई कर्मचारी गुमाउनुपरेको उनको भनाइ छ।

Tags: #विद्युत् प्राधिकरणदुर्घटनामृत्यु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषण चिन्ताजनक
विविध

कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषण चिन्ताजनक

by टाकुरा न्यूज । इटहरी
भदौ १६, २०८३
0

इटहरी : कोशी प्रदेशमा पाँच वर्षमुनिका बालबालिकामा देखिएको शीघ्र कुपोषणको अवस्थाले भौगोलिक रूपमा मात्र नभई तराईदेखि पहाडसम्मै बाल पोषणको चुनौती...

टाकुरा न्यूजको समाचार संयोजकमा पराजुली र साहित्यिक संयोजकमा भट्टराई नियुक्त
समाचार

टाकुरा न्यूजको समाचार संयोजकमा पराजुली र साहित्यिक संयोजकमा भट्टराई नियुक्त

by टाकुरा न्यूज । इटहरी
भदौ १६, २०८३
0

इटहरी : गुरुकुल मिडिया प्रालिद्वारा सञ्चालित टाकुरा न्यूजले आफ्नो समाचार तथा साहित्यिक सामग्रीलाई अझ व्यवस्थित, प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले...

कोशीका १५९ जना अझै बेपत्ता, सोलुखुम्बुका ४२

कोशीका १५९ जना अझै बेपत्ता, सोलुखुम्बुका ४२

भदौ १६, २०८३
टाकुरा न्यूजको सम्पादकमा अर्जुन उप्रेती

टाकुरा न्यूजको सम्पादकमा अर्जुन उप्रेती

भदौ १६, २०८३
संखुवासभाका अलपत्र सडकमा मन्त्री आचार्यको ‘एक्सन’ : समयमै काम नभए ठेक्का तोड्ने चेतावनी

संखुवासभाका अलपत्र सडकमा मन्त्री आचार्यको ‘एक्सन’ : समयमै काम नभए ठेक्का तोड्ने चेतावनी

भदौ १६, २०८३
संखुवासभामा भरुवा बन्दुकसहित एक जना नियन्त्रणमा

संखुवासभामा भरुवा बन्दुकसहित एक जना नियन्त्रणमा

भदौ १६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषण चिन्ताजनक

कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषण चिन्ताजनक

भदौ १६, २०८३
टाकुरा न्यूजको समाचार संयोजकमा पराजुली र साहित्यिक संयोजकमा भट्टराई नियुक्त

टाकुरा न्यूजको समाचार संयोजकमा पराजुली र साहित्यिक संयोजकमा भट्टराई नियुक्त

भदौ १६, २०८३
कोशीका १५९ जना अझै बेपत्ता, सोलुखुम्बुका ४२

कोशीका १५९ जना अझै बेपत्ता, सोलुखुम्बुका ४२

भदौ १६, २०८३
टाकुरा न्यूजको सम्पादकमा अर्जुन उप्रेती

टाकुरा न्यूजको सम्पादकमा अर्जुन उप्रेती

भदौ १६, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    307 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    281 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.