Friday, July 31, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विचार

लघुवित्तमा देखा परेका समस्याहरू

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक १८, २०७९
in विचार, समाचार
0
लघुवित्तमा देखा परेका समस्याहरू
168
SHARES
Share on FacebookShare on Twitter

स–साना आयआर्जन गर्ने र बैंकिङ्ग पहुँचभन्दा टाढा रहेको गरीब वर्गका ब्यक्तिहरू, त्यसमा पनि महिलाहरूलाई सरल र सहज किसिमबाट वित्तीय सेवा पु¥याउने पवित्र उद्देश्यका साथ प्रदान गरिने सेवालाई लघुवित्तको परिभाषाभित्र समेट्न सकिन्छ ।

लघुवित्त सेवा न्यून आय भएका ब्यक्तिहरूलाई वित्तीय तथा गैह्र वित्तीय सेवाको माध्यमबाट निजहरूमा आयआर्जनका अवसरहरूको श्रृजना गर्दै गरिबीको दलदलबाट केही माथि उठाउने एक सशक्त तथा प्रभावकारी साधन पनि हो ।

नेपालको कुल जनसंख्याको १८ प्रतिशत जनसंख्या अझै पनि गरिबीको रेखामुनी रहेको र करिब २० प्रतिशत जनसंख्याको हिस्सा औपचारिक वित्तीय सेवाको पहुँचभन्दा बाहिर रहेको अवस्थामा लघुवित्त कार्यक्रमले सो पहुँचमा बृद्वि गर्न अहंम भूमिका खेल्न सक्ने देखिन्छ । लघुवित्तको सेवालाई सामाजिक ब्यवसायको रूपमा पहिचान बनाउन लघुवित्तहरू लगिपरेको समेत देखिन्छ ।

नेपालमा नेपाल राष्ट्र बैकबाट ईजाजत प्राप्त लघुवित्त वित्तीय संस्थाहरूका अलावा केही सहकारी संस्थाहरूले समेत ग्रामीण पद्धतिको माध्यमबाट लघुवित्त सेवा प्रदान गरिरहेको देखिन्छ । विगतमा लघुवित्त वित्तीय संस्थाहरू स–सानो ऋण मात्र लगानी गर्ने र सो ऋण समेत पाक्षिक रूपमा साँवा तथा ब्याज असुलउपर गर्ने गर्दर्थे ।

विगतमा लघुवित्त सेवा गैरसरकारी संस्थाहरूले नेपाल राष्ट्र बैंकबाट वित्तीय मध्यस्तताको ईजाजत प्राप्त गरी न्यूनतम मुनाफामा सेवाभावपूर्ण रूपले कार्यक्रम संचालन गरेको देखिन्थ्यो । उनीहरूको ठूलो खर्च कर्मचारी तथा आवद्व सदस्यहरूको क्षमता अभिवृद्वि गरी सदस्यहरूकोे उद्यमशिलता विकासमा हुने गर्दथ्यो ।

संस्थाले पनि मुनाफा वितरण गर्न नपर्ने हुँदा अधिक नाफा कमाउन दबाब नहुने हुँदा कार्यक्रमको सफलताका लागि आवश्यक क्षमता अभिवृिद्वमा खुलेर लगानी गर्दथे ।

हाल लघुवित्त वित्तीय संस्थाहरू कम्पनी ऐन अन्तरगत कम्पनीको रूपमा दर्ता भइ नेपाल राष्ट्र बैंकबाट ईजाजतप्राप्त गरी संचालन हुने र ती संस्थाका शेयर लगानीकर्ताहरूको ध्येय नाफा कमाउने तथा लाभांश अधिक लिने भएको देखिन्छ ।

सामाजिक ब्यवसायको रूपमा स्थापित हुने लघुवित्त संस्थाहरू नाफामा केन्द्रित हुन गएको देखिन्छ । फलस्वरुप लघुवित्त संस्थाहरुले आफ्ना संस्थामा कार्यरत कर्मचारी तथा सदस्यहरूको क्षमता अभिवृद्विका कार्यक्रमहरू कटौती गर्दै जाने तथा गर्नै परेको खण्डमा पनि नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बिनियोजित कोषबाट मात्र गर्ने गरेको देखिन्छ । तसर्थ लघुवित्त वित्तीय संस्थाहरूले आफ्नो मर्म तथा धर्मलाई नजरअन्दाज गर्दै छोटो समयमा अधिक नाफा लिन खोज्ने प्रवृितले गर्दा समस्याहरू देखा पर्ने क्रम बढ्दै गएका छन् ।

लघुवित्त क्षेत्रका सदस्यहरूमा अधिक ऋणभार, सामूहिक दायित्व स्वीकार नगर्ने, किस्ताको साँवा तथा ब्याज भुक्तान गर्न आनकान गर्ने, ऋणको दुरुपयोग गर्ने, नक्कली कागजपत्र तथा विवरणहरू पेश गरी ऋण लिने, कर्मचारीहरू माथि डर धम्की दिने, बिगत कोरोनाकालमा पाएको ब्याज छुट तथा पुनःतालिकीकरणको माग गर्ने, धेरै सदस्यहरूको ऋण एक दुई जना सदस्यले मात्र चलाउने लगायत ऋण रकम मिटरब्याजमा उपयोग गर्न लगाएका समस्याहरू देखिदैँ आएका छन् ।

नेपालमा संचालित लघुवित्त मोडललाई कोरोना कालमा निकै प्रभावित बनाएको र धेरै केन्द्र बैठकहरू संचालन हुन नसिकरहेको तथा सदस्यहरूको आयश्रोतमा समेत प्रतिकुल प्रभाव परोको अवस्था थियो । सदस्यहरूबीच भेटघाट, क्षमता अभिवृद्विका कार्यक्रम तथा अनुगमन जस्ता कार्यक्रमहरू प्रायः ठप्प रहेको थियो । तर, कोरोनाको प्रभाव केही शान्त हुनासाथ बजारमा सहज भएको तरलताका कारण लघुवित्त वित्तीय संस्थाहरूले सहज किसिमबाट लगानीमा बढावा दिँदै गर्दा विगतमा हुने गरेको ऋण लगानीपूर्व तथा पश्चातापका प्रक्रियाहरूको कार्यान्वयमा केही फितलो पन देखिन गयो ।

फलस्वरूप हाल बाध्यतावश लघुवित्तको मोडल, नीतिहरू पुनःकार्यान्वय गराउन लघुवित्त वित्तीय संस्थाहरूलाई हम्मे–हम्मे हुँदै जाँदा बजारमा देखिएको तरलता संकुचनका कारण पुनःआर्थिक क्रियाकलाप घट्दो दरमा रहेको देखिन्छ ।

जसको नतिजाले ऋणको गुणस्तर कमजोर हुँदै ठूलो रकम कर्जा जोखिम कोषमा राख्नुपर्ने स्थितिका साथै अधिकांश लघुवित्त वित्तीय संस्थाहरूको वासलात खुम्चिुनुका साथै नाफामा समेत संकुचन आउन सक्ने अनुमान गर्न सकिन्छ ।

तसर्थ, लघुवित्त वित्तीय संस्थाहरूले पुनः सदस्यहरूसँग सदस्य शिक्षा, वित्तीय शिक्षा, व्यवसायिक शिक्षा लगायतका शीर्षकहरूमा प्रभावकारी रूपमा तालिम तथा अन्तरक्रिया कार्यक्रमहरू संचालन गरी लघुवित्तको महत्व तथा अर्थका बारेमा सदस्यहरू तथा वभिन्न तह र तम्कामा रहेका पदाधिकारी र जनसंख्यालाई बुझाउनु पर्ने टट्कारो आवश्यकता रहेको छ ।

लघुवित्त संस्थाहरूले पनि कम्तिमा नियामन निकायले निधारण गरेको कर्मचारी क्षमता बृिद्वको बजेट खर्च गरी निजहरूको क्षमतामा बृद्वि गरी समस्यहरूसँग जुध्न सक्ने योग्य तथा क्षमतावान बनाउनुपर्ने देखिन्छ ।

लघुवित्त कर्मीहरूले लघुवित्तले समाजमा पारेको राम्रा कुराहरूको प्रचारप्रसार गर्नुका साथै देखा परेका समस्याहरूमा आत्मसाथ गर्दै सदस्यको ब्यवहार गरी लघुवित्तको पवित्र उद्देश्य तथा कार्यहरूमाथि कसैले पनि प्रश्न गर्ने ठाउँ राख्नु हुँदैन ।

(पौडेल आरएमडीसी लघुवित्त वित्तीय संस्थाका प्रबन्धक हुन् ।)

 

 

Tags: #अर्थलघुवित्त
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु
समाचार

मोरङको सुन्दरहरैँचामा भरुवा बन्दुक र गाँजासहित एक पक्राउ

by टाकुरा न्यूज । इटहरी
साउन १४, २०८३
0

मोरङ : मोरङको सुन्दरहरैँचा नगरपालिका–१० बाट प्रहरीले एक थान भरुवा बन्दुक र एक किलो पाँच सय ग्राम गाँजासहित एक जनालाई...

कोसी प्रदेशमा १० रुपैयाँले घट्यो दूधको मूल्य
समाचार

दूधको पैसा नपाएपछि किसान पुगे दमकका अख्तियार

by रासस
साउन १४, २०८३
0

झापा : दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु उत्पादन तथा सङ्कलन सहकारी संस्थाले दूध बिक्रीबापतको रकम लामो समयदेखि...

सुनसरी घटना : गोली लागेर घाइते भएको पाँच दिनपछि उपचारका लागि काठमाडौं लगियो

सुनसरी घटना : गोली लागेर घाइते भएको पाँच दिनपछि उपचारका लागि काठमाडौं लगियो

साउन १४, २०८३
उदयपुरमा कारुणिक घटना : एकै घरका तीन दाजुभाइको डुबेर मृत्यु

उदयपुरमा कारुणिक घटना : एकै घरका तीन दाजुभाइको डुबेर मृत्यु

साउन १४, २०८३
दोहोरो नागरिकता लिने ३ भारतीयविरुद्ध मोरङ प्रशासनमा उजुरी

झापामा एक वर्षमा २४ हजारभन्दा बढी नागरिकता वितरण, ३७८ जनालाई आमाको नामबाट

साउन १४, २०८३
विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत

विराटनगर विमानस्थलबाट जुत्ताभित्र लुकाइएको ब्राउनसुगरसहित युवक पक्राउ

साउन १४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

मोरङको सुन्दरहरैँचामा भरुवा बन्दुक र गाँजासहित एक पक्राउ

साउन १४, २०८३
कोसी प्रदेशमा १० रुपैयाँले घट्यो दूधको मूल्य

दूधको पैसा नपाएपछि किसान पुगे दमकका अख्तियार

साउन १४, २०८३
सुनसरी घटना : गोली लागेर घाइते भएको पाँच दिनपछि उपचारका लागि काठमाडौं लगियो

सुनसरी घटना : गोली लागेर घाइते भएको पाँच दिनपछि उपचारका लागि काठमाडौं लगियो

साउन १४, २०८३
उदयपुरमा कारुणिक घटना : एकै घरका तीन दाजुभाइको डुबेर मृत्यु

उदयपुरमा कारुणिक घटना : एकै घरका तीन दाजुभाइको डुबेर मृत्यु

साउन १४, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    631 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.