इटहरी : सुनसरीमा नेपाली कांग्रेसले गठन गरेको चुनावी प्रचारप्रसार समितिले पूर्णता पाएको छ ।
कांग्रेस सुनसरीका उपसभापति नगेशचन्द्र राईको संयोजकत्वमा निर्वाचन परिचालन तथा प्रचारप्रसार समिति गठन भएको थियो । जसअन्तर्गत उक्त समितिले विभिन्न कमिटी गठन गर्दै पूर्णता दिइएको हो ।
निर्वाचन परिचालन तथा प्रचारप्रसार संयोजक राईका अनुसार सञ्चार तथा सूचना प्रमुखमा धनबहादुर पुरीलाई जिम्मेवारी दिइएको छ ।
यस्तै, सामाजिक सञ्जाल प्रमुखमा रियन्द्रप्रसाद गुरागाईँ, क्षेत्र नं. ४ को इन्चार्जमा बालसुधार परियोजना, क्षेत्र नं. १ (क) को इन्चार्जमा विनोद घिमिरे र क्षेत्र नं. १ (ख) को इन्चार्जमा रामराज महतलाई जिम्मेवारी दिइएको हो ।
यस्तै, क्षेत्र नं. १ क को महिला इन्चार्जमा निर्मला नेपाल शर्मा र क्षेत्र नं. १ को इन्चार्जमा प्रकाश बस्नेतलाई जिम्मेवारी दिइएको हो । यस्तै, क्षेत्र नं. २ (क) महिला इन्चार्जमा दुर्गा खड्का आचार्य, क्षेत्र नं. ३ (क) को इन्चार्जमा सुरजप्रसाद थारु, क्षेत्र नं. ३ (ख) को इन्चार्जमा श्रीप्रसाद यादवलाई जिम्मेवारी दिइएको राईले जानकारी दिए ।
उनका अनुसार क्षेत्र नं. ३ (क) को महिला इन्चार्जमा रेखा कौर प्रसाईँ, क्षेत्र नं. ४ (क) को इन्चार्जमा शंकर बस्नेतलाई जिम्मेवारी दिइएको छ ।
यस्तै, निर्वाचन परिचालन समिति सदस्यमा विवश निरौला, तरुण दल समन्वय संयोजकमा शुकदेव राई, आदिवासी जनजाती समन्वय संयोजकमा गोपाल राई, जिल्ला युवा परिचालक संयोजकमा रोशन तामाङ र बराहक्षेत्र नगर संयोजकमा शान्तकुमार राईलाई जिम्मेवारी दिइएको छ ।
जिम्मेवारी दिइएका मानिसहरूले आगामी ४ मंसिरमा हुने निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन भूमिका खेल्ने राईले बताए ।














Discussion about this post