मोरङ : मोरङ ३ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएकी राप्रपा नेत्री रेखा थापालाई देशको शीर उँचो राख्न भन्दै मतदाताले ढाका टोपी लगाइदिएका छन् ।
पुरानो नेतृत्वले देशको शीर झुकाएको र अब युवापुस्ताले शीर उच्च बनाउन भन्दै बेलबारी ३ का कर्ण चेम्जोङले थापाको शीरमा ढाका टोपी लगाइदिएका हुन् ।
आइतबार राप्रपाको घरदैलो कार्यक्रमका क्रममा आफू कम्युनिस्ट विचारबाट प्रभावित रहे पनि अब युवा पुस्ताले देशको रक्षा गर्ने बताउँदै चेम्जोङले थापालाई ढाका टोपी लगाइदिएर स्वागत गरेका हुन् ।
थापा अहिले आफ्नो निर्वाचन क्षेत्रमा प्रचारप्रसारमा खटिएकी छन् । चलचित्र उद्योगमा सफल अभिनेत्रीको रूपमा चिनिएकी उनी पहिलोपटक चुनावी प्रतिस्पर्धामा छन् ।
सुरुवाती अवस्थामा थापालाई कमजोर उम्मेदवारको रूपमा हेरिएपनि उनको निरन्तर चलिरहेको घरदैलो र मतदातामा देखिएको उत्साहका कारण उनलाई बलियो प्रतिस्पर्धीको रूपमा बुझ्न थालिएको छ ।
मोरङ ३ मा थापासहित सत्तारुढ गठबन्धनबाट कांग्रेसका डा. सुनील शर्मा, एमालेका भानुभक्त ढकाल प्रतिस्पर्धामा छन् ।












Discussion about this post