Sunday, November 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीका व्यवसायीहरूले घेरे बैँक, ‘बैँक माफिया मुर्दावाद’को नारा (भिडियोसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक २३, २०७९
in समाचार
0
इटहरीका व्यवसायीहरूले घेरे बैँक, ‘बैँक माफिया मुर्दावाद’को नारा (भिडियोसहित)
229
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा व्यवसायीहरूले बैँक तथा वित्तीय संस्था घेरेका छन् ।

राष्ट्र बैँकले चर्को ब्याजदर वृद्वि गरेका कारण उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न वस्तुगत संस्थाहरूले बैँक तथा वित्तीय संस्था घेरेका छन् ।

दर्जनौँको संख्यामा भेला भएका व्यवसायीहरूले बैँकको आतंक बन्द गर्न माग गर्दै आन्दोलन गरेका थिए । ‘पुरानो ब्याजदर कायम गर’, ‘बैँक माफिया मुर्दावाद’, ‘व्यवसायी एक हौँ’, जस्ता नारा लगाउँदै आन्दोलन गरेका थिए ।

इटहरीको राष्ट्रिय वाणिज्य बैँकसहित इटहरीका आधा दर्जन बढी बैँकमा उनीहरूले आन्दोलन गरेका थिए ।

उद्योग वाणिज्य संघका अध्यक्ष भीमबहादुर पौडेलले बैँक तथा वित्तीय संस्थाले व्यवसायीलाई चरम मारमा पर्नेगरी ब्याजदर वृद्वि गरेकाले तत्काल ब्याजदर फिर्ता लिन माग गरे ।

उनले भने, ‘कोरोना महामारीका समयमा ब्याज तिर्न नसक्दा बैँकले घरमै आएर लगानी गर्ने, अहिले जथाभावी रूपमा ब्याजदर वृद्वि गर्दा समस्या उत्पन्न भएको छ ।’

उनले राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीप्रति लक्षित गर्दै भने, ‘एम अधिकारी ज्यू, तपाईँका नेताले अह्राएको मात्रै नगर्नुहोस्, नेपाली जनता र व्यवसायीको हितमा काम गर्नुहोस् ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एम अधिकारीलाई प्रयोग गरेर राजनीतिकरण गरेको समेत पौडेलको आरोप छ ।

उद्योग वाणिज्य संघ इटहरीका महासचिव पीताम्बर पोखरेलले राष्ट्र बैँकले अहिले जारी गरेको ब्याजदर खारेज हुनुपर्ने र पुरानै ब्याजदर कायम हुनुपर्ने माग गरे । अर्थतन्त्र धराशयी अवस्थामा रहँदा व्यवसाय पनि ठप्प रहेकाले समस्या उत्पन्न भइरहेको पोखरेलले बताए ।

विरोध कार्यक्रमपछि कोणसभामा होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुली, रेडिमेड व्यवसायी संघ इटहरीका अध्यक्ष सीताराम सापकोटा, उवासंघका पूर्व महासचिव टंक खनाल, सुनचाँदी व्यवसायी संघ इटहरीका अध्यक्ष टीका लामगादे लगायतले बोल्दै राष्ट्र बैँकले लगाएका नयाँ नीति विरुद्व चर्को आवाज उठाउनुपर्ने बताएका थिए ।

भिडियो

Tags: #अर्थ#उवासंघआन्दोलनभीम पौडेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

फल लाग्ने सिजनमै अकबरे खुर्सानीका बोट मर्न थाले
विविध

फल लाग्ने सिजनमै अकबरे खुर्सानीका बोट मर्न थाले

by रासस
कार्तिक १५, २०८३
0

इलाम : अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका छन् । मुख्य उत्पादन दिने सिजनमै बोट मर्न थालेपछि...

धान फल्ने खेतमा फूलखेती
विविध

धान फल्ने खेतमा फूलखेती

by रासस
कार्तिक १५, २०८३
0

भद्रपुर (झापा) : धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको छ । धानखेती गर्दा वर्षभरिमा करिब ५० हजारको...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुर्घटना, एकको मृत्यु

कार्तिक १४, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कात्तिक २५ गते कोशीमा सरकारी कामकाजको भाषा ऐन लागू हुँदै

कार्तिक १३, २०८३
तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

कार्तिक १३, २०८३
रामधुनीमा विद्यालय जाने बाटो बन्द, ५ सय विद्यार्थी प्रभावित हुने चिन्ता

रामधुनीमा विद्यालय जाने बाटो बन्द, ५ सय विद्यार्थी प्रभावित हुने चिन्ता

कार्तिक १३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

फल लाग्ने सिजनमै अकबरे खुर्सानीका बोट मर्न थाले

फल लाग्ने सिजनमै अकबरे खुर्सानीका बोट मर्न थाले

कार्तिक १५, २०८३
धान फल्ने खेतमा फूलखेती

धान फल्ने खेतमा फूलखेती

कार्तिक १५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुर्घटना, एकको मृत्यु

कार्तिक १४, २०८३
पूर्वी नेपालमा नाट्य पर्यटन

पूर्वी नेपालमा नाट्य पर्यटन

कार्तिक १४, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    843 shares
    Share 337 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    644 shares
    Share 258 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    513 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    368 shares
    Share 147 Tweet 92
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.