भोजपुर : भोजपुरको हतुवागढी गाउँपालिका ५ भुरुडाँडा नेवार टोल बस्ने शन्तकुमार राईको घरको छेउमा रहेको भान्सामा आगलागी हुँदा एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शन्तकुमारको ५ वर्षीय छोरा आयुष राई रहेका छन् । खाना पकाउने क्रममा ग्याँस सिलिण्डर लिक भइ बुधबार साँझ आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागीमा परी गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । आगलागीमा परी घाइते भएकी शन्तकुमारकी श्रीमतीको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।
आगलागीबाट करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
आगो नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post