इटहरी : सुनसरीको निर्वाचन क्षेत्र नं. ४ (ख) मा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज भएको छ ।
प्रदेशसभा सदस्यका लागि सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ (ख) मा मा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का उम्मेदवार रहेका मेहताको उम्मेदवारी खारेज भएको हो।
उनलाई बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाएर भुक्तान नगरेकाले निर्वाचन अयोगले उनलाई अयोग्य ठहर गरेको जनाएको छ ।
‘प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ३ वर्ष पूरा नभएकाले निजको उम्मेदवारी अयोग्य ठहर भई खारेज गरिएको हो,’ आयोगले भनेको छ।














Discussion about this post