इटहरी : मोरङको निर्वाचन क्षेत्र नं. ६ मा नेपाली कांग्रेसका डा. शेखर कोइराला विजयी भएका छन् । कोइरालाले ३५ हजार २१३ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार लालबाबु पण्डितले २२ हजार ९२९ मत प्राप्त गरे ।
उनीहरूबीचको मत अन्तर १२ हजार २ सय ८४ छ।
२०७४ को निर्वाचनमा यो क्षेत्रमा उनीहरूबीच नै प्रतिष्पर्धा भएको थियो । त्यसबेला एमालेका पण्डित विजयी भएका भएका थिए ।














Discussion about this post