इटहरी : सुनसरी क्षेत्र नं. ४ मा पुनः मतगणनाको माग राखिएको छ ।
पुनः मतगणना गर्न माग गर्दै सञ्चार मन्त्रीसमेत रहेका नेपाली कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले निवेदन दिएका हुन् ।
शनिबार दिउँसोदेखि रोकिएको मतगणना आज सर्वदलीय बैठक आयोजना गरेर सुरू गर्ने भनिएपनि आज (आइतबार) को सर्वदलीय बैठकमा कुनै सहमति जुट्न सकेन । लगत्तै कार्कीले आयोगमा पुनः गणनाको माग गर्दै आयोगमा निवेदन दिएका हुन् ।
रोशन खड्काले कार्कीका तर्फबाट आयोगमा निवेदन दिएका छन् ।
यहाँ मतगणनाको निर्वाचन परिणाममा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियतको मतमा ६०६ मत बढी थपिएपछि विवाद भएको थियो ।
कांग्रेसको मागमा एमालेले भने असहमति प्रकट गरेको छ। थपिएको ६०६ मत घटाएर मत गणना सुचारू गर्नुपर्ने एमालेको अडान छ।
हाल यो क्षेत्रमा ६० हजार बढी मतगणना भएको छ। जसमध्ये एमालेका कुसियतले २३ हजार ३ सय ४१ मत प्राप्त गरेका छन् भने कांग्रेसका कार्कले २३ हजार ४ सय ३९ मत पाएका छन् ।
जसअनुसार कांग्रेसले ९८ मतले अग्रता गरेको छ । यस क्षेत्रमा जम्मा ८१ हजार २ सय ३३ मत खसेको छ ।














Discussion about this post