इटहरी : सुनसरी ४ मा शनिबारदेखि स्थगित भएको मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।
निर्वाचन आयोगले सुनसरी ४ को मतगणना अगाडि बढाउन निर्देशन गरेको हो ।
कांग्रेसबाट उम्मेदवार बनेका सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले ६०६ मत गडबड भएपछि पुनःमतगणनाको माग गर्दै आयोगमा निवेदन दिएका थिए ।
तर, आयोगले पुनःमतगणना नभइ अहिलेसम्म गणना भएको बाहेक बाँकी मत गणना गर्न निर्देशन दिएको बताइएको छ ।

हालसम्म ६० हजार बढी मतगणना हुँदा कार्कीले ९८ मतले अग्रता गरेका छन् । यहाँ उनै कार्की र नेकपा एमालेका जगदीशप्रसाद कुसियतबीच प्रतिस्पर्धा भएको छ ।
भोलि (मंगलबार) बिहान ७ बजे सर्वदलीय बैठकपछि मतगणना सुरु हुने बताइएको छ ।














Discussion about this post