इटहरी : सुनसरीको दुहबीमा कांग्रेस-एमाले कार्यकर्ताबीच झडप भएको छ ।
सुनसरी ३ मा नेकपा एमालेबाट निर्वाचित भएकी भगवती चौधरीको विजयी जुलुसको क्रममा सामान्य विवाद हुँदा झडप भएको हो ।
दुहबी नगरपालिका वडा नम्बर ९ स्थित सोही वडाका वडाध्यक्षको घर नजिक दुबै पक्षबीच सामान्य विवादले झडपको स्थिति आएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभुप्रसाद ढकालले जानकारी दिए।
एसपी ढकालले भने, ‘हामीलाई अबिर किन लगाइयो, हिजो राति डिजे किन बजाइयो भन्दै केही व्यक्तिले सामान्य विवाद गर्न थालेपछि झडपको स्थिति आएको हो।’
प्रहरीले दुवै पक्षलाई करिब एक सय ५० मिटर टाढा राखेपछि अवस्था सामान्य भएको उनले बताए ।
झडपमा केही व्यक्ति सामान्य घाइते भएको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post