इटहरी : प्रदेश १ लोकसेवा आयोग विराटनगरले स्थानीय तहका लागि कर्मचारी माग गरेको छ ।
सोमबार (आज) सार्वजनिक सूचना जारी गर्दै प्राविधिक पदका लागि ३१५ जना कर्मचारीको माग गरेको हो ।
स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन आह्वान गरिएको छ।

योग्यता पुगेका उमेदवारले पुष १० गतेसम्म अनलाइनमार्फत दरखास्त दिन सकिने आयोगले जनाएको छ ।














Discussion about this post