सुन्दरहरैँचा : मोरङको सुन्दरहरैँचा नगरपालिका १० मा जंगली हात्तीको आक्रमणबाट आज (मंगलबार) एक वृद्वको मृत्यु भएको छ ।
हात्तीले सुन्दरहरैँचा १० स्थित त्रिवेणी चोक उत्तरतर्फको जङ्गलमा घाँस लिन गएको बेला आक्रमण गर्दा सोही ठाउँका ७५ वर्षीय वृद्व जयप्रसाद बास्तोलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बेलबारी अनुसार मृतक बास्तोलासँगै घाँस काट्न जंगलमा उनकी श्रीमती समेत गएकी थिइन् ।
उनले भागेर ज्यान जोगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मृतकको शव पोस्टमार्टमको लागि उर्लाबारी अस्पताल लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post