Friday, October 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मोरङमा कारागारबाट कैदीबन्दीलाई प्रहरीले भगाएपछि…

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २१, २०७९
in समाचार
0
मोरङमा कारागारबाट कैदीबन्दीलाई प्रहरीले भगाएपछि…

कैदी राजकुमार हेमरन।

351
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगरको हाटखोलास्थित जिल्ला कारागार मोरङका २ जना कैदीबन्दीलाई प्रहरीले नै भगाएको पुष्टि भएको छ।

कैदी झापा गाउँपालिका ५ शरणामतिका २८ वर्षीय राजकुमार हेमरन र बन्दी झापा गाउँपालिका ३ का २८ वर्षीय मञ्जिल गुरुङ प्रहरीसँगै ‘सेटिङ’ मिलाएर फरार भएको अनुसन्धानबाट खुलेको हो। विराटनगरको क्षयरोग उपचार केन्द्रबाट दुवै जना गत असोज १५ गते बिहान भागेका थिए।

क्षयरोगको समस्या रहेका उनीहरूलाई उपचारका लागि विराटनगर–७ स्थित क्षयरोग उपचार केन्द्रमा भर्ना गरिएको थियो।

उनीहरूको सुरक्षामा प्रहरी सहायक हवल्दार अरुणकुमार चौधरी र जवान कृष्णमणि मेहता खटिएका थिए। सुरक्षामा खटिएका प्रहरीसँगै मिलेमतो गरेर हेमरन र गुरुङ भागेको पुष्टि भएको हो।

जबरजस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भएका हेमरनलाई प्रहरीले भागेको डेढ महिनापछि गत मंसिर १ गते पक्राउ गरिसकेको छ। गुरुङ अझैसम्म फरार छन्।

अदालतले हेमरनलाई २०७५ सालमा १६ वर्ष कैद सजायको फैसला सुनाएको थियो। लागूऔषध मुद्दामा गुरुङलाई अदालतले २०७८ कात्तिक ५ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो। उनको मुद्दाको किनारा लाग्न बाँकी छ।

कैदीबन्दी फरार भएपछि सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई निलम्बन गरेर घटनाको छानबिन एवं अनुसन्धान अघि बढाइएको थियो।

छानबिनका लागि प्रदेश १ प्रहरी कार्यालय विराटनगरले पनि एसएसपी जयराज सापकोटाको नेतृत्वमा समिति बनायो। ड्युटीमा खटिएका प्रहरीकै कमजोरीले घटना भएको निस्कर्ष निकाल्दै समितिले दुवै जनाविरुद्ध कारागार ऐनअन्तर्गत कारबाही अघि बढाउन सिफारिस गरेको थियो।

निमित्त जेलर तुलसीराम भगतको नेतृत्वमा कारागारले गरेको अनुसन्धानबाट कैदीबन्दी भगाएको घटनामा जवान मेहताको संलग्नता पुष्टि भएको छ। घटनामा सहायक हवल्दार चौधरीको भने संलग्नता नदेखिएको निमित्त जेलर भगतले बताए।

‘ड्युटीमा खटाइएका प्रहरीको मिलेमतोमै कैदीबन्दी भागेको अनुसन्धानबाट पुष्टि भयो,’ उनले भने।

सरकारी वकिल कार्यालयसँग राय लिएर अभियोगपत्र तयार पार्दै कारागारले सुनसरीको देवानगन्ज घर भएका प्रहरी जवान मेहताविरुद्ध कारागार ऐनअन्तर्गत कैदीबन्दी भागे–भगाएको शीर्षकमा बुधबार जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरेको छ।

साथै अदालतबाट आदेश नआएसम्मका लागि उनलाई हिरासतमा राख्नका लागि कारागारले जिल्ला प्रहरी कार्यालय मोरङलाई पत्राचार पनि गरेको छ। भगतका अनुसार कैदी हेमरन, बन्दी गुरुङ र प्रहरी जवान मेहतालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरिएको हो।

‘कैदीबन्दी भागेको घटनामा ३ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ। प्रहरी जवानलाई हिरासतमा राख्नका लागि प्रहरी कार्यालयलाई पत्राचार पनि गरियो,’ भगतले भने, ‘अदालतबाट आदेश नआएसम्मका लागि उनलाई हिरासतमै राख्नुपर्ने हुन्छ। यसअघि दुवै जना प्रहरी कर्मचारीलाई हाजीरजमानीमा छाडिएको थियो।’

अनुसन्धानबाट प्रहरीले नै कैदीबन्दी भगाएको पुष्टि भए पनि अदालतबाट प्रमाणित भने हुन बाँकी रहेको जानकारी उनले दिए।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले प्रहरी जवान मेहतालाई हिरासतमा राख्न कारागारबाट पत्र प्राप्त भएको बताए।

उनलाई हिरासतमा राख्ने कि नराख्ने भन्ने विषयमा भने सरकारी वकिल कार्यालयसँग राय लिने काम भइरहेको उनको भनाइ छ। प्रहरी ऐनअन्तर्गत मेहतालगायतका प्रहरीविरुद्ध विभागीय कारबाही पनि चलिरहेको डीएसपी श्रेष्ठले बताए।

अन्नपूर्ण पोस्टबाट ।

Tags: #विराटनगरकारागार
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने
FEATURE BREAKING

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

इटहरी : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउन आवश्यक निरोगिताको प्रमाणपत्र लिन कोशी प्रदेशका सेवाग्राहीले अब पाँच सय रुपैयाँ खर्च गर्नुपर्ने...

इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु
समाचार

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

मोरङ : मोरङको लेटाङ नगरपालिका–५ डिल्लेचोकस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । कात्तिक ४ गते...

मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

खोटाङमा विद्युत् चुहावट हुँदा आगलागी, दुई घर जलेर नष्ट

कार्तिक ५, २०८३

दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

कार्तिक ५, २०८३
झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

कार्तिक ५, २०८३
आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

कार्तिक ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

कार्तिक ५, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

कार्तिक ५, २०८३
मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

खोटाङमा विद्युत् चुहावट हुँदा आगलागी, दुई घर जलेर नष्ट

कार्तिक ५, २०८३

दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

कार्तिक ५, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    638 shares
    Share 255 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    508 shares
    Share 203 Tweet 127
  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    470 shares
    Share 188 Tweet 118
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    289 shares
    Share 116 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.