Wednesday, July 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मोरङमा कारागारबाट कैदीबन्दीलाई प्रहरीले भगाएपछि…

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २१, २०७९
in समाचार
0
मोरङमा कारागारबाट कैदीबन्दीलाई प्रहरीले भगाएपछि…

कैदी राजकुमार हेमरन।

350
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगरको हाटखोलास्थित जिल्ला कारागार मोरङका २ जना कैदीबन्दीलाई प्रहरीले नै भगाएको पुष्टि भएको छ।

कैदी झापा गाउँपालिका ५ शरणामतिका २८ वर्षीय राजकुमार हेमरन र बन्दी झापा गाउँपालिका ३ का २८ वर्षीय मञ्जिल गुरुङ प्रहरीसँगै ‘सेटिङ’ मिलाएर फरार भएको अनुसन्धानबाट खुलेको हो। विराटनगरको क्षयरोग उपचार केन्द्रबाट दुवै जना गत असोज १५ गते बिहान भागेका थिए।

क्षयरोगको समस्या रहेका उनीहरूलाई उपचारका लागि विराटनगर–७ स्थित क्षयरोग उपचार केन्द्रमा भर्ना गरिएको थियो।

उनीहरूको सुरक्षामा प्रहरी सहायक हवल्दार अरुणकुमार चौधरी र जवान कृष्णमणि मेहता खटिएका थिए। सुरक्षामा खटिएका प्रहरीसँगै मिलेमतो गरेर हेमरन र गुरुङ भागेको पुष्टि भएको हो।

जबरजस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भएका हेमरनलाई प्रहरीले भागेको डेढ महिनापछि गत मंसिर १ गते पक्राउ गरिसकेको छ। गुरुङ अझैसम्म फरार छन्।

अदालतले हेमरनलाई २०७५ सालमा १६ वर्ष कैद सजायको फैसला सुनाएको थियो। लागूऔषध मुद्दामा गुरुङलाई अदालतले २०७८ कात्तिक ५ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो। उनको मुद्दाको किनारा लाग्न बाँकी छ।

कैदीबन्दी फरार भएपछि सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई निलम्बन गरेर घटनाको छानबिन एवं अनुसन्धान अघि बढाइएको थियो।

छानबिनका लागि प्रदेश १ प्रहरी कार्यालय विराटनगरले पनि एसएसपी जयराज सापकोटाको नेतृत्वमा समिति बनायो। ड्युटीमा खटिएका प्रहरीकै कमजोरीले घटना भएको निस्कर्ष निकाल्दै समितिले दुवै जनाविरुद्ध कारागार ऐनअन्तर्गत कारबाही अघि बढाउन सिफारिस गरेको थियो।

निमित्त जेलर तुलसीराम भगतको नेतृत्वमा कारागारले गरेको अनुसन्धानबाट कैदीबन्दी भगाएको घटनामा जवान मेहताको संलग्नता पुष्टि भएको छ। घटनामा सहायक हवल्दार चौधरीको भने संलग्नता नदेखिएको निमित्त जेलर भगतले बताए।

‘ड्युटीमा खटाइएका प्रहरीको मिलेमतोमै कैदीबन्दी भागेको अनुसन्धानबाट पुष्टि भयो,’ उनले भने।

सरकारी वकिल कार्यालयसँग राय लिएर अभियोगपत्र तयार पार्दै कारागारले सुनसरीको देवानगन्ज घर भएका प्रहरी जवान मेहताविरुद्ध कारागार ऐनअन्तर्गत कैदीबन्दी भागे–भगाएको शीर्षकमा बुधबार जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरेको छ।

साथै अदालतबाट आदेश नआएसम्मका लागि उनलाई हिरासतमा राख्नका लागि कारागारले जिल्ला प्रहरी कार्यालय मोरङलाई पत्राचार पनि गरेको छ। भगतका अनुसार कैदी हेमरन, बन्दी गुरुङ र प्रहरी जवान मेहतालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरिएको हो।

‘कैदीबन्दी भागेको घटनामा ३ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ। प्रहरी जवानलाई हिरासतमा राख्नका लागि प्रहरी कार्यालयलाई पत्राचार पनि गरियो,’ भगतले भने, ‘अदालतबाट आदेश नआएसम्मका लागि उनलाई हिरासतमै राख्नुपर्ने हुन्छ। यसअघि दुवै जना प्रहरी कर्मचारीलाई हाजीरजमानीमा छाडिएको थियो।’

अनुसन्धानबाट प्रहरीले नै कैदीबन्दी भगाएको पुष्टि भए पनि अदालतबाट प्रमाणित भने हुन बाँकी रहेको जानकारी उनले दिए।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले प्रहरी जवान मेहतालाई हिरासतमा राख्न कारागारबाट पत्र प्राप्त भएको बताए।

उनलाई हिरासतमा राख्ने कि नराख्ने भन्ने विषयमा भने सरकारी वकिल कार्यालयसँग राय लिने काम भइरहेको उनको भनाइ छ। प्रहरी ऐनअन्तर्गत मेहतालगायतका प्रहरीविरुद्ध विभागीय कारबाही पनि चलिरहेको डीएसपी श्रेष्ठले बताए।

अन्नपूर्ण पोस्टबाट ।

Tags: #विराटनगरकारागार
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित
समाचार

बीपी प्रतिष्ठान परिसरका औषधि पसलमाथि एक्सन, ३५ पसल सिलबन्दी

by टाकुरा न्यूज । इटहरी
साउन ५, २०८३
0

धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा सञ्चालित औषधि पसलमाथि प्रशासनले कारबाही थालेको छ। संयुक्त अनुगमन टोलीले कानुनी...

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन
FEATURE BREAKING

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

by टाकुरा न्यूज । इटहरी
साउन ५, २०८३
0

इटहरी : लोपोन्मुख नभए पनि नेपालका सिमसार क्षेत्रमा पाइने आकर्षक जलचर चरा जल अप्सरा लामो समयपछि सुनसरीको तरहरामा पुनः देखिएको...

पौडी खेल्ने क्रममा डुबेर युवराजको मृत्यु

खोलामा नुहाउने रहर बन्यो दुःखान्त, १२ वर्षीया बालिकाको ज्यान गयो

साउन ५, २०८३
सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

साउन ५, २०८३

झापा : एक वर्षमा ६५३ हराएका व्यक्ति भेटिए, १२३ घरेलु हिंसाका उजुरी फर्छ्योट

साउन ५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

साउन ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित

बीपी प्रतिष्ठान परिसरका औषधि पसलमाथि एक्सन, ३५ पसल सिलबन्दी

साउन ५, २०८३
तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

साउन ५, २०८३
पौडी खेल्ने क्रममा डुबेर युवराजको मृत्यु

खोलामा नुहाउने रहर बन्यो दुःखान्त, १२ वर्षीया बालिकाको ज्यान गयो

साउन ५, २०८३
सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

साउन ५, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1106 shares
    Share 442 Tweet 277
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    770 shares
    Share 308 Tweet 193
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    464 shares
    Share 186 Tweet 116
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    439 shares
    Share 176 Tweet 110

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.