पाँचथर : पाँचथरमा पानी जमाउन बनाइएको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ ।
घर निर्माणको क्रममा पानी जमाउन बनाइएको खाल्डोमा डुबेर फिदिममा ३ वर्षीय बालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा फिदिम १ का विशाल मगरका ३ वर्षीय छोरा आरुष मगर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (प्रहरी नायव उपरीक्षक) हरि खतिवडाले जानकारी दिए ।
उनका अनुसार ती बालक फिदिम २ का स्थानीय सुरेन्द्र जबेगुले घर निर्माणका लागि बनाएको खाल्डोमा डुबेका थिए ।
घर निर्माणमा कार्यरत आमासँगै गएका बालक खेल्ने क्रममा पानीमा डुबेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post