Saturday, August 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा निर्माणकार्य अलपत्र पारेपछि स्थानीयले गरे सडक अवरुद्व

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २५, २०७९
in टाकुरा विशेष, समाचार
0
इटहरीमा निर्माणकार्य अलपत्र पारेपछि स्थानीयले गरे सडक अवरुद्व
210
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा निर्माणकार्य अलपत्र पारेपछि स्थानीयबासीले सडक अवरुद्व गरेका छन् ।

इटहरी ८ सतनमार्गमा २०७८ कात्तिक २७ गतेदेखि निर्माण सुरु भएपनि हालसम्म पूरा नभएपछि स्थानीयबासीले आक्रोश पोख्दै आइतबार (आज) सडक अवरुद्व पारेका हुन् ।

इटहरी ८ स्थित बिजुली अफिस नजिकैबाट स्कुल मोडसम्मको करीब १ किलोमिटर सडक निर्माण सुरु भएको १३ महिना बितेपनि सम्पन्न नभएपछि आँफूहरू आजित भएको सडक निर्माण अनुगमन समिति संयोजक भीम बस्नेत (जंगली) ले बताए ।

सडक निर्माणको काम सुरु भएको १३ महिना बितिसक्दा पनि कालोपत्रे गर्न सम्बद्व निकायले ध्यान नदिएकाले स्थानीय उपभोक्ताले न्यायका निम्ति बाटो अवरोध गरेको उनको भनाइ छ ।

‘सहायक बाटोमध्ये सबैभन्दा व्यस्त बाटो हो यो, दैनिक ४०/५० वटा स्कुल बस यहीँबाट हिड्छन्, विभिन्न सरकारी कार्यालय यही बाटोमा पर्छ,’ बस्नेतले टाकुरासँग भने, ‘तर हालसम्म कसैले चासो नदेखाउँदा ठेक्का लिने कम्पनीले निर्माण नै गरेन, हामीले बाध्य भएर सडक अवरुद्व गरेका हौँ ।’

उनका अनुसार पटकपटक वडा कार्यालयमार्फत इटहरी उपमहानगरपालिकामा जानकारी गराइएपनि बजेट अभाव भएको भन्दै सडक निर्माण नभएको उनले बताए ।

उनका अनुसार उक्त ठाउँं इटहरी ८ को कार्यालय, यातायात व्यवस्था विभागको कार्यालय, कम्पनी रजिष्ट्रारको कार्यालय जाने बाटो हो । तर, कुनै पनि निकायले चासो नदेखाएका कारण आँफूहरूले दबाब दिनका लागि बाटोमा बाँस र स्याउला लगाएर अवरुद्व गर्न बाध्य भएको बस्नेतले बताए ।

‘कतिको ठेक्का हो, कति समयसम्म निर्माण हुनुपर्ने हो,’ केही थाहा छैन, उनले भने, ‘हामीले पटकपटक जानकारी माग्दा पनि बेवास्ता गरेपछि बाटो नै अवरुद्व गर्न बाध्य भएका हौँ ।’

स्थानीय खगेन्द्र परियारका अनुसार आँफूहरूले सडक निर्माणका लागि पटकपटक दबाब दिएपनि ठेक्का लिने कम्पनी मूकदर्शक बनेको छ । ’हामी यो सडक नबन्दा निकै पीडित छौँ,’ उनले भने, ‘ड्रेन बनाउने बेला स्थानीयबासीकै सहयोगमा माटो पनि लगाइयो, अहिले सडक बनाउने समयमा बजेटले भ्याउँदैन भनेर टार्ने काम भएको छ ।’ ४० फुटे बाटोमा करीब २२ फुट मात्रै कालोपत्रे गरिने उनले बताए ।

स्थानीयले सडक अवरुद्व गरेपछि यो ठाउँबाट दैनिक आवतजावत गर्ने दर्जनौँ सवारी साधनका यात्रुले सास्ती खेपेका छन् । यता, निर्माणको जिम्मा लिएको गिरी कन्ट्रक्सनका ठेकेदार कुमार गिरीसँग भने पटकपटक सम्पर्क गर्न खोजिएपनि उनको फोन उठेन ।

इटहरी ८ का वडाध्यक्ष रोहित चौधरीले भने सडक निर्माण भइसक्नुपर्ने समयमा नभएपछि जनताले असह्य भएकाले बाटो अवरुद्व गरेको बताए ।

‘ठेकेदारको कमीकमजोरी र नगरपालिकाको सिस्टमका कारण अहिलेसम्म सडक नबनेको हो,’ उनले भने, ‘जनताले कति सहने ? समयावधिमा काम नगरेपछि नगरपालिकाले पनि एक्सन लिन सक्नुपर्छ ।’

आँफूहरूले इटहरी नगरप्रमुख हेमकर्ण पौडेललाई पनि यस विषयमा पटकपटक जानकारी गराएको उनले बताए ।

‘नगरपालिकामा जानकारी गराउँदा भोलिबाट, हप्तादिनबाट काम सुरु गर्ने कुरा आयो, अहिलेसम्म काम नै सुरु नभएपछि स्थानीयबासीमा असह्य भयो,’ वडाध्यक्ष चौधरीले भने, ‘बहुवर्षे योजना अन्तर्गत अघिल्लो आर्थिक वर्ष नै ठेक्का लागेको सडक हो, अब कालोपत्रेका लागि नगरपालिकाले नै एक्सन लिनुपर्छ ।’

उनका अनुसार करीब ८६ लाख बजेटमा उक्त सडक निर्माणका लागि गिरी कन्ट्रक्सनले ठेक्का लिएको हो ।

Tags: #इटहरीअवरुद्वटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते
विविध

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

by रासस
भदौ १२, २०८३
0

खोटाङ : धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर दुर्घटना हुँदा ३४ जना भक्तजन घाइते भएका छन्। दिक्तेल...

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने
विविध

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

by टाकुरा न्यूज । इटहरी
भदौ १२, २०८३
0

इटहरी : पठनपाठनसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै इटहरीस्थित नमुना कलेजले भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख...

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ १२, २०८३
जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

भदौ १२, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

भोटेकोशी विपद् : कोशी प्रदेश सरकारद्धारा तीन करोड सहयोग

भदौ १२, २०८३
आज जनैपूर्णिमा

आज जनैपूर्णिमा मनाइँदै, जनै फेर्नेदेखि रक्षाबन्धन र क्वाँटी खानेसम्मको परम्परा

भदौ १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

भदौ १२, २०८३
इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

भदौ १२, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ १२, २०८३
जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

भदौ १२, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    278 shares
    Share 111 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.