इटहरी : नेपाली कांग्रेस सुनसरीले मनोनीत गरेका जिल्ला सदस्य र विभाग प्रमुखहरूको पदमुक्त भएको छ ।
आइतबार बसेको जिल्ला कार्यसमितिको बैठकले निर्वाचनअघि मनोनयन गरेका सबै जिल्ला सदस्य र विभाग प्रमुखहरूलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनअघि जिल्ला सभापति केदार भण्डारीले सदस्य तथा विभाग प्रमुखहरू मनोनीत गरेका थिए ।
पार्टीको विधानको परिच्छेद ३ को १२ (५) (ख) २ र (७) (ज) को अधिकार अनुसार जिल्ला सदस्य, विभाग प्रमुख र संयोजकको पद बर्खास्त गरिएको जिल्ला सचिव वीरेन्द्र साहले बताए ।
पत्रमा पुस ३ गतेभित्र वडा समितिले र ५ गते पालिका, ७ गते प्रदेशसभा क्षेत्रीय समिति र १० गते क्षेत्रीय समितिको बैठक बसेर पुस १२ गतेभित्र जिल्ला समितिमा बुझाउनुपर्नेछ ।













Discussion about this post