इटहरी : सुनसरीमा लडेर एक महिलाको मृत्यु भएको छ ।
सुनसरीको बर्जु गाउँपालिका ४ की ४० वर्षीया फुलोकुमारी बहरदारको लडेर मृत्यु भएको हो । गत मंसिर ९ गते बर्जु ४ स्थित नहरको पुलबाट लडेर बहरदार गम्भीर घाइते भएकी थिइन् ।
घाइते भएकी उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारपश्चात गत आइतबार उनलाई डिस्चार्ज गरिएको थियो ।
स्वास्थ्यमा समस्या देखिएपछि सोमबार साँझ थप उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा गएराति उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post